उपकरणमा समस्या देखिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित

उपकरणमा समस्या देखिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको दिशा र दूरी मापन गर्ने उपकरण (डीएमई) र भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) बिग्रँदा ठूला जहाजको उडान अवतरण प्रभावित भएको छ।

दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको छ।

विमानस्थल स्रोतका अनुसार उपकरण मर्मत भएर सञ्चालनमा आइसकेको छ। तर अहिले बढेको ट्राफिकले बेलुकासम्मै प्रभावित हुनेछ।

स्रोतका अनुसार भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको हाे । यी उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउँछन् ।

भीओआर/डीएमआईको रेडियो स्टेशनले फालेको सिग्नल पछ्याउँदै जहाजहरू विमानस्थलमा अवतरण गर्छन् । यसका कारण अन्तर्राष्ट्रिय उडान अवतरणमा समस्या देखिए पनि आन्तरिक उडान भने सामान्य छन् ।

Logo