काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आइतबार १०० रुपैंयाँले बढेको सुन आज भने ५०० ले बढेको हो।
सुन आज प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।
यता चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज १ हजार ४०० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य ८० रुपैयाँले बढेको हो ।
गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।































प्रतिक्रिया