चिनियाँ स्टेट काउन्सिलर आइतबार नेपाल आउँदै

चिनियाँ स्टेट काउन्सिलर आइतबार नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ आगामी आइतबार नेपाल आउँदै हुनुहुन्छ।

स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली के क्वाङ, विदेशमन्त्री वाङ यी लगायत हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणपूर्व चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले निरन्तरता पाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लाग्नु भएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर सोङ थाओ नेपाल आउन लाग्नुभएको हो।

चिनियाँ कम्युनिस्ट पार्टीका प्रवक्ता हू चाओ मिङले स्टेट काउन्सिलर सोङ थाइल्यान्ड, इन्डोनेसिया र नेपाल भ्रमणमा निस्केको जानकारी अन्तर्राष्ट्रिय समाचार माध्यमलाई जानकारी दिनुभएको छ।

‘सोमबार थाइल्यान्डको यात्रामा निस्कनुभएका स्टेट काउन्सिलर सोङ नेपालमा आयोजना हुने चिनियाँ विशेषतायुक्त राष्ट्रपति सी जिन पिङको नयांँ युग प्रवेश समाजवादबारे विचार गोष्ठीमा समेत सहभागिता जनाउनुहुनेछ ।’ –प्रवक्ता हूले भन्नुभएको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo