धानखेतमा हेलिकप्टर: १८ विदेशी यात्रुलाई गाडीबाट काठमाडौँ ल्याईदै

धानखेतमा हेलिकप्टर: १८ विदेशी यात्रुलाई गाडीबाट काठमाडौँ ल्याईदै

केन्द्रबिन्दु
0
Shares

मौसम खराबीको कारणले काभ्रेपलाञ्चोकको धान खेतमा आकस्मिक अवतरण गरिएको विभिन्न कम्पनीको ४ हेलिकप्टरका यात्रुहरुलाई स्थलमार्गबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

१८ जना विदेशी यात्रुलाई स्थलमार्गबाट काठमाडौँ ल्याउने तयारी भइरहेको काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए । उनका अनुसार यात्रुलाई नगरपालिकाले खानपिनको व्यवस्था गरेको छ ।

ति हेलिकप्टरहरु सोलुखुम्बुको लुक्लाबाट काठमाडौँ आउंदै थियो।  काठमाडौँको आकाशमा भिजिबिलिटी कम भएपछि हेलिकप्टरहरुले काभ्रेमा आकस्मिक अवतरण गरेका थिए।  ति हेलिकप्टरहरु मनाङ एयरका दुई तथा सिम्रिक र कैलाश एयरका एक एक रहेका छन् ।

आज दिनभर पानी परिरहेकोले मौसममा सुधार हुना साथ हेलिकप्टर काठमाडौंको लागि उड्ने चालकको भनाइ उद्धृत गर्दै एसपी रविराज खड्काले बताए ।

यो पनि 

काभ्रेको धानखेतमा ७ हेलिकप्टरको आकस्मिक अवतरण (फोटोफिचर)

Logo