बिरामी लिएर पोखरा जाँदै गरेको ट्याक्सीलाई खोलाले बगायो

बिरामी लिएर पोखरा जाँदै गरेको ट्याक्सीलाई खोलाले बगायो

केन्द्रबिन्दु
0
Shares

कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार बिरामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट पोखरा जाँदै थियो ।

खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्याउँदा हिलोमा फसेको थियो । पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो ।

सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo