सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।
नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए । भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको छ ।
यस अघि आइतवार बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्लाको लिमी केन्द्रबिन्दू भएर भूकम्पको धक्का महशुस भएको थियो ।































प्रतिक्रिया