काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ सय रुपैंयाँले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । बुधबार ९ सयले घटेको थियो ।
गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैंयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैंयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार १ सय र तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम रहेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैंयाँले बढ्दै १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया