काठमाडौं ।
प्रतिनिधि सभा विघटनको निर्णयपछि विभाजित भएको नेकपाका दुई धारभित्र अब नेताहरुको व्यवस्थापन कसरी अघि बढ्छ चासो बढ्न थालेको छ । दुबै पक्षमा नेताहरुको ठूलो समूह छ । त्यसैले त्यो समूहभित्र जिम्मेवारी र बरियताको प्रश्न उठ्न सक्छ । त्यसैले दुबै समूहभित्र नेताहरु त्यसतर्फ चनाखो हुन थालेका छन् । कुन समूहमा के अवस्था छ त ? यसको केही सन्दर्भहरु हेरौं :
दाहाल–नेपाल समुह
दाहाल नेपाल समूहले नेकपाको मुलधार आफैं भनेको छ । त्यसैले पार्टी एकताको जस्तो अध्यक्षको संरचना बनाउन केपी ओलीलाई हटाएर माधव नेपाललाई अर्को अध्यक्ष घोषणा गरेको छ । यो पार्टीमा दुई जना अध्यक्ष भएका छन् । अध्यक्ष दुईजना भए पनि यो पार्टीमा महासचिव छैनन् । महासचिव विष्णु पौडेल ओली पक्षमा लागे । त्यही भएर अब दाहाल नेपाल समूहमा पार्टीको महत्वपूर्ण मानिने महासचिव पदमा को जाने भन्ने आन्तरिक बहस सुरु भएको छ ।
पूर्व माओवादी समूहबाट पुष्पकमल दाहालका नजिकका बर्षमान पुन र जनार्दन शर्मा दाबेदार देखिएका छन् भने नेपाल समुहबाट भिम रावल र सुरेन्द्र पाण्डेको दाबी छ । पुन र शर्मा नेकपाको एकता प्रक्रियामा सक्रिय रहेका र दाहाललाई जनयुद्ध कालदेखि सघाउदै आएकाहरु हुन् । त्यसैले पार्टीको महासचिव बन्नुपर्नेमा उनीहरुको जोडबल हुन थालिसकेको छ ।
दाहाल र नेपाल समूहभित्र पूर्वमाओवादी को समुह ठूलो छ । त्यसैले पनि महासचिव पाउनु पर्ने उनीहरुको दाबी प्रकट हुन थालेको छ । पाण्डे र रावल दुबै नेपालका निकट विश्वास पात्र हुन् । त्यसैले उनीहरुले पनि महासचिवको दाबी गरेका छन् । एमालेमा पाण्डेले महासचिव हारेका थिए । रावलले उपाध्यक्ष जितेका थिए । पाण्डेले चुनाव हारेकाले उनलाई महासचिव बनाउने भन्ने चर्चा पनि छ । रावल पनि उत्तिकै सिनियर भएकाले उनलाई के दिएर मिलाउने भन्ने विकल्प भेटिएको छैन । आज बस्ने केन्द्रीय समितिको बैठकले महासचिवबारे छलफल गर्न सक्नेछ ।
ओलीले गौतमलाई अध्यक्ष बनाउलान् ?
ओली समूहको नेकपामा नेताहरुको व्यस्थापनमा अहिले नै समस्या छैन । तर बामदेव गौतम र रामबहादुर थापा आफ्नो पक्षमा आए भने त्यो बेलामा के गर्न भन्ने चर्चा चलेको छ । पार्टी एकता हुँदा दुई अध्यक्षको संरचना भएकाले त्यहाँ पनि एक अध्यक्ष खाली छ । यदि गौतम आफ्नो पक्षमा लागे भने अर्को अध्यक्ष दिने तयारी छ । गौतमलाई दोस्रो अध्यक्ष दिंदा ओली समूहमा सबैले स्वीकार्ने अवस्था छ ।
यदि गौतम नेपाल समुहमा लागे भने दोस्रो अध्यक्ष नराख्ने भन्ने बहस ओली पक्षमा छ । रामबहादुर थापा बादल आए भने अध्यक्षपछिको पद दिने चर्चा छ । अध्यक्ष पछि दिदा त्यो बेलामा ईश्वर पोखरेलको बरियता के हुने भन्नेमा समस्य पर्न सक्छ । ईश्वर पोखरेल अहिले थापा भन्दा माथिको बरियतामा थिए । त्यस बाहेक अरु पदमा त ओली समूहमा ठूलो खटपट देखिँदैन ।





























प्रतिक्रिया