चन्द्रागिरिमा सवारी दुर्घटना, एक जनाको मृत्यु

चन्द्रागिरिमा सवारी दुर्घटना, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नं. को ट्रकले बा ८९ प ४३२९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय वसन्त कार्की गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कार्कीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
रासस

Logo