सन्नी लियोनी काठमाडौंमा, लगाइन् ढाका टोपी

सन्नी लियोनी काठमाडौंमा, लगाइन् ढाका टोपी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन् । उनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि काठमाडौं आइपुगेकी हुन् । बिहिबार दिउँसो ४ः१० बजे एअर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी सन्नीलाई नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको छ ।

अभिनेत्री सन्नी तेस्रो पटक नेपाल आएकी हुन् । यसअघि उनी दुईपटक नेपालको रमणीय स्थान घुम्न र आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आएकी थिइन् । उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन् । यसपटक पनि उनले श्रीमानलाई साथमा लिएर आएकी हुन् ।

एअरपोर्टबाट हयात होटेल पुगेर केहि समय विश्राम गरेपछि सन्नी प्रिमियरमा सहभागी हुनेछिन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ ।

सम्राट बस्नेतले निर्देशन गरेको एक्सन फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरा लगायत कलाकारको अभिनय रहेको छ ।

‘पासवर्ड’ को ‘आजको साम’ शीर्षकको गीतमा सन्नीले ठुम्का लगाएकी छिन् । अंकित गौतम कार्यकारी निर्माण रहेको चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका छन् । यसै गरी युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के. आर थापाको सह(लगानी रहेको चलचित्रको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

Skip This
Skip This
Logo