ओखलढुंगा । पत्नी वियोगको पीडा सहन नसकेर एक जनाले आत्महत्या गरेका छन् । चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ वर्षीय नविन परियारले आत्महत्या गरेका हुन् ।
गत जेठ अन्तिम साता बैबाहिक बन्धनमा बाँधिएका नविनको श्रीमती २१ वर्षीय गंगा परियारले गत भदौ ४ गते माइतीमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । एसईईको मौका परीक्षा दिन माइत गएको समयमा उनले झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । तर श्रीमती परीक्षा दिन माइत जाने भएपछि घर आएका नविन परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेकी थिइन् ।
श्रीमतीले आत्महत्या गरेपछि बिक्षिप्त बनेका नविनले पनि आत्महत्या गरेका हुन् । उनी घर नजिकै रहेको रुखमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।
नविनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठी समेत फेला परेको छ । चिठ्ठीमा उनले लेखेका छन्, ‘प्यारी श्रीमती ! तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु , यो कदम मैले कसैको करकापले लिएर हैन’ भनि लेखेका छन् ।





























प्रतिक्रिया