काठमाडौं ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको समझदारी पछिको ३० महिनामा पुनः एकता भंग जस्तै भएको छ । पार्टीमा दुई अध्यक्ष रहने गरि भएका समझदारी पछिको नेकपा यात्रा लगभग टुंगिएको छ ।
ओली पक्ष आफ्नै बैठक, भेला र निर्णय गर्नमा व्यस्त बनेको छ भने ओलीइतर पक्ष अर्थात् प्रचण्ड–नेपाल पक्षले पनि आ–आफ्नै गतिविधी बढाउन थालेका छन् । यसले जनताले दिएको बहुमत र राज्यसत्ता सञ्चालनका लागि दिएको ‘म्यान्डेट’ को औपचारिकता सकिएको छ । आज हामीले यही नेकपा एकतायात्रा पछिका ३० महिना र ३० महिनाका बीचमा भए गरेका विविध घटनक्रमलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।
२०७५ साल जेठ २ गते पार्टी एकताका लागि ५ बुँदे समझदारी भए । त्यसको भोलिपल्ट जेठ ३ गते, तत्कालिन एमाले र माओवादी केन्द्र दुई अध्यक्षको व्यवस्थासहित एक भयो । २०७५ साल भदौं २० गते, दुई पार्टीको अन्तरद्वन्द्व सतहमा आयो र मन्त्रीहरु फेरिने पुष्पकमल दाहाल प्रचण्डले उद्घोष गरे ।
त्यस्तै असोजमा काठमाडौं ७ बाट चुनाव जिताएर वामदेवलाई प्रधानमन्त्री बनाउने दाहालको आश्वासन बाहिरियो । पछि कात्तिक ५ गते रामवीर मानन्धरले दिएको राजीनामा पत्र बोकेर दाहाल सचिवालय बैठकमा उपस्थित भए तर, अध्यक्ष ओलीद्वारा अस्वीकृत गरियो । सोही सालको पुस अन्तिम साता दाहालपक्षीय पाँच सचिवालय सदस्यको धोबिघाट गठबन्धन भयो । त्यसपछि के के भए त ? हेरौं यो भिडियोमा :































प्रतिक्रिया