जब कांग्रेस सभापति देउवाले पत्नी आरजुलाई सम्मान गरे (भिडियोसहित)

जब कांग्रेस सभापति देउवाले पत्नी आरजुलाई सम्मान गरे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

शनिवार काठमाडौँमा भएको एउटा कार्यक्रममा अनौठो दृश्य देखियो। अछाम–काठमाडौं सम्पर्क समितिले आयोजना  गरेको कार्यक्रममा प्रमुख अतिथि थिए नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ।

कार्यक्रममा देउवा पत्नी आरजु देउवा राणालाई सम्मान गरिएको थियो।  उनलाई समितिले ‘द्धारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मान गरेको हो । आरजुलाई समाजसेवीका रुपमा लोकतन्त्र, महिला अधिकार र सुदुरपश्चिमको सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै राणालाई उक्त समितिले सम्मान गरेको जिकिर गरेको छ ।

तर, आरजुलाई सम्मान गर्ने व्यक्ति भने उनकै श्रीमान् अर्थात कांग्रेसका सभापति देउवा थिए।  श्रीमानले श्रीमतीलाई सम्मान गरेको देखेर कार्यक्रममा उपस्थित सहभागीहरु भने मुसुमुसु हसिरहेका थिए ।

दक्षिण एसियाकै पहिलो महिला मन्त्री ठकुरानीको स्मृतिमा लोकतन्त्र र समाज सेवामा योगदान गर्ने व्यक्तिलाई उक्त समितिले सम्मान दिने गरेको छ

कार्यक्रममा नेपाली कांग्रेस एनडी ‘प्रकाश’ चटौत स्मृति सम्मानबाट सांसद रामबहादुर विष्टलाई सम्मान गरेको थियो भने सिद्धराज ओझा स्मृति सम्मानबाट बलबहादुर कुँवरलाई सम्मान गरिएको थियो ।

Logo