काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले भाद्र २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ ।
त्यसको लागि प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका केन्द्रीय प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यसअघि कांग्रेसले गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म पहिलो चरणको जागरण अभियान सञ्चालन गरेको थियो ।
दोस्रो चरणको जागरण अभियानका लागि हरेक जिल्लामा दुई-दुई जनाको दरले प्रतिनिधि खटाइएको छ । पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारलगायत केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
अभियान बिपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन प्रारम्भ हुनेछ । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् ।
जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणा अनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गरिनेछन् । कांग्रेसले प्रथम चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको थियो । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारित छन् ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Congress-Final-PDF.pdf& title=”Congress Final-PDF”]





























प्रतिक्रिया