एसिसी यु-१९: बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसिसी यु-१९: बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

एसिसी यु-१९ एसिया कपअन्तर्गत अहिले नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। श्रीलंकामा जारी प्रतियोगितामा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ थालेको हो ।

नेपाल यसअघि पहिलो खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। त्यसैले नेपाललाई अन्तिम चारमा पुग्न यो खेल जित्नै पर्ने बाध्यता छ।

आजको खेलमा कप्तान रोहितकुमार पौडेलसहित रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख,भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल र सन्दीप जोराले खेल्नेछ।

नेपाल समूह ‘बी’ मा रहेको छ।

Skip This
Skip This
Logo