‘प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएपछि प्रतिनिधीसभा विघटन भयो’ : टोपबहादुर रायमाझी

‘प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएपछि प्रतिनिधीसभा विघटन भयो’ : टोपबहादुर रायमाझी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएका कारण प्रतिनिधीसभा विघटन गर्नु परेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताए। प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दल भित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले बताए ।

उनले संसद पुनर्स्थापना गर्नु भन्दा नयाँ जनादेश लिन मध्यावधि चुनावमा जानु पर्नेमा जोड दिए। यस्तै पार्टीभित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उनले बताए । त्यसै अनुसार केन्द्रीय सदस्यहरुको संख्या थप गरिएको पनि स्पष्ट पारे ।

नेकपाकै अर्का नेता कृष्णभक्त पोखरेलले भने आफ्नै दलसँग पनि छलफल नगरी विघटन गरिएको र संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघटन गरिएको भन्दै विरोध गरे । कुनैपनि काम गर्न नसक्ने सरकारले आफ्नो पार्टी र संसदलाई छल्दै संसद नै विघटन गर्ने कार्य गैरकानूनी भएको बताए ।

संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको पनि स्पष्ट पारे । तरपनि प्रधानमन्त्री ओलीले विघटन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको र त्यहीबाट न्याय पाउने विश्वास पनि व्यक्त गरे । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएका केन्द्रीय सदस्यहरुको बहुमत सदस्य नभईकन बसेको बैठकले गरेका निर्णयहरु कुनैपनि कोणबाट आधिकारिक नहुने पनि स्पष्ट पारे ।

Logo