हेटौंडा,
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानीमा आज भएको टाटा सुमो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा महोतरी जिल्ला माईस्थान गाउँपालिकाका ७० बर्षिय वीरसिंह वाईवा, सर्लाही वरथवा नगरपालिका वस्ने ६० वर्षिय महेन्द्र सहनी र सर्लाहीकै एक दश महिने शिशु समरागी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार गर्न लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । अरु ८ जना घाईते भएका छन् । हेटौंडा – काठमाडौं मार्ग अन्तर्गत सर्लाहीबाट काठमाडौं जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदीमा दुर्घटना भएको थियो । जीप सडकबाट ५० मिटर तल पुगेको छ ।





























प्रतिक्रिया