महिलाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रण गर्न सरकार कटिबद्ध

महिलाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रण गर्न सरकार कटिबद्ध

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत एवं संरचनागत प्रयास गरिरहेको दावी गरेका छन् ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । साथै उनले यसको नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

यस वर्षको १३ औं मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नारा सरकारको प्रतिबद्धता : मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता रहेको छ ।

गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर, महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले गरिबी र अशिक्षाका कारण मानव बेचविखनको समस्या बढ्दै गएको स्थिति औल्याउँदै ती समस्या समाधानका लागि सरोकारवाला सबैको साथ र सहयोग आवश्यक हुने बताइन् । मन्त्री थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको काम प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रूपमा मनाउने गरिएको स्पष्ट पारिन् ।

Skip This
Skip This
Logo