प्रहरी हुँ भन्दै पैसा माग्ने पक्राउ

प्रहरी हुँ भन्दै पैसा माग्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हलचोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौँको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेलाई दुई लाख रकम माग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु हाल सामाखुसीमा बस्दै आएको खुलेको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थापाले जानकारी दिनुभयो ।
रासस

Logo