एटीएम ह्याकरमाथि बैंकिङ कसूर मुद्दा, थप मुद्दाबारे अनुसन्धान हुँदै

एटीएम ह्याकरमाथि बैंकिङ कसूर मुद्दा, थप मुद्दाबारे अनुसन्धान हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेका चिनियाँ नागरिकमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक र चिनियाँ मूलकै फ्रेन्च नागरिकलाई विमान स्थलबाट पक्राउ गरेर बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको हो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूको अपराध बैंकिङ कसूर अन्तर्गत देखिएकाले उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको छ । परिसरका प्रमुख तथा एएसपी उत्तमराज सुवेदीका अनुसार आइतबार नै सात दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको छ।

उनले भने‘ , बैंकिङ कसूर मुद्दामा उनीहरू माथि अनुसन्धान भइ नै रहेको छ । अन्य मुद्दा पनि स्थापिन हुनसक्ने गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।’ चिनियाँ नागरिकको यस्तो गैरकानुनी कार्य संगठित अपराधमा पनि आकर्षित हुने भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुको भनाइ छ। परिसरले संगठित अपराध ऐनमा पनि उनीहरूमाथि मुद्दा चलाउने तयारी गरिरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

त्यस्तै परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीका अनुसार उनीहरूमाथि साइबर अपराधबारे पनि छानबिन भइरहेको छ। उनका अनुसार ह्याक गर्न प्रयोग गरिएका दर्जनौ उपकरण परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनले भने,‘ उपकरणको रिपोर्ट प्राप्त भएपछि साइबर अपराध मुद्दाको अनुसन्धानमा परिपक्व प्रमाण भेटिए यसमा पनि मुद्दा चलाइन्छ ।’ प्रहरीका अनुसार बैंकिङ कसूरमा चार देखि छ वर्षसम्म कैद र विगो बराबरको क्षतिपूर्ति तथा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
नागरिकबाट

Skip This
Skip This
Logo