एटिएमबाट पैसा लुटेर भाग्ने क्रममा थप एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवा रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनी आइतबार राति पक्राउ परेको जानकारी दिए । उनी चीन भाग्ने तयारीमा थिए।
शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए। पक्राउ पर्नेमा चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङ छन्।
उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जनाएको छ।
फरार अन्य दुईको खोजी भईहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया