सात जनामाथि ‘गोवध’ मुद्दामा छानबिन, जनप्रतिनिधिलाई पनि कारबाही माग

सात जनामाथि ‘गोवध’ मुद्दामा छानबिन, जनप्रतिनिधिलाई पनि कारबाही माग

केन्द्रबिन्दु
0
Shares

सुर्खेत,

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ । प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो । जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई गोवधमा अनुसन्धान गर्न म्याद दिएको हो । यस्तै नगरपालिकाका एक कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

‘सुर्खेतको धुलियाबिट र कटकुवा क्षेत्रको भीरबाट खसालेर गाई मारेको अभियोगमा गोवध मुद्दा दायर गरेका छौं,’ प्रहरी नायब उपरीक्षक रवि रावलले भने, ‘अनुसन्धानका लागि सम्मानित अदालतले सात दिनको म्याद दिएको छ । ’

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये ३७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पु¥याउन खोजेको थियो। सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयबिनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो । त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए ।
नागरिकबाट

Skip This
Skip This
Logo