फिलिपिन्समा विमान दुर्घटना, ९ जनाको मृत्यु

फिलिपिन्समा विमान दुर्घटना, ९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मनिला,

आइतबार दिउसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको हो।

यस पहिले आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने सात जनाको मृत्यु भएको बताइएको थियो । विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।
रासस/सिन्ह्वा

Skip This
Skip This
Logo