काठमाडौं,
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा गुट–उपगुट मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल महिला सङ्घको ७२ औँ स्थापना दिवस एवम संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले काङ्ग्रेस कमजोर बन्दै गएकाले अब एक हुनुको विकल्प नभएको बताउनुभएको हो ।
महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई सच्चिन पनि आग्रह गर्नुभयो ।
“सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ, देशमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि हुनु दुःखद् छ”, उहाँले भन्नुभयो । उहाँले अब काङ्ग्रेस चुप लागेर नबस्ने चेतावनी पनि दिनुभयो ।
रासस





























प्रतिक्रिया