‘नाडा अटो शो’ मा उत्साहजनक सहभागिता

‘नाडा अटो शो’ मा उत्साहजनक सहभागिता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०१९ मा’ आज शनिबार अवलोकनकर्ताहरुको उत्सहजनक सहभागिता रहेको छ।  आज सार्वजनिक बिदा भएकाले पनि अवलोकनकर्ताहरुको भिड लागेको अटो मोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।

मेलाको तेश्रो दिनसम्म ३८ हजार दर्शकले अवलोकन गरेका छन् । भाद्र १० गतेदेखि प्रारम्भ भएको मेलाको  पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार र तेस्रो दिन १४ हजार ८ सयले नाडा शो अवलोकन गरेको नाडाले जनाएको छ।

आगामी १६ गतेसम्म चल्ने मेलामा १ सय ६० वटा स्टल रहेको छ । नाडा शोमा सर्वसाधारणलाई २ सय र विद्यार्थीलाई १ सय ५० रूपैयाँ टिकट काट्ने व्यवस्था रहेको छ भने अशक्त र ६५ वर्ष माथिका बृद्ध बृद्धालाई १०० रूपैयाँ लिने गरेको छ ।

मेलामा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी छन् ।

भाग्यशाली अवलोकनकर्तालाई २०० सीसी क्षमताको जीपीएक्स जेन्टलमेन मोटरसाइकल उपहारको व्यवस्था समेत गरिएको नाडाले जनाएको छ ।

Logo