प्रदेश १, २, ३ र ४ मा बाढी र पहिरोको सम्भावना

प्रदेश १, २, ३ र ४ मा बाढी र पहिरोको सम्भावना

केन्द्रबिन्दु
0
Shares

शुक्रबार रातिदेखि परेको अविरल वर्षासंगै देशका विभिन्न जिल्लाहरुमा बढी र पहिरोको सम्भावना बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज एक सूचना जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाले बिशेषत प्रदेश १,२,३ र ४ को साना नदीतटिय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले सिन्धुपाल्चोकको बाह्रबिसे र अधिकांश स्थानमा, चितवनको कालीखोला र आसपास मध्यम देखि भारी बर्षा मापन भएको जनाएको छ।बाह्रविसे लगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग,चितवनको नारायणगढ मुङलिङ सडकखण्डको कालीखोला रआसपास पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यस्तै आज र भोली प्रमूख र मझौला नदीमा बहाव बढ्ने जनाएको छ।  महाशाखाले झापा, मोरङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ, गोरखा,लमजुङ, मकवानपुर, चितवन, नवलपरासी, स्याङजा, पाल्पा, अर्घाखांची, कपिलवस्तु, दाङ, बांके, बर्दिया, रोल्पा, सुर्खेत भइ बहने नदीमा बाहव बढ्ने जनाएको छ।

रातीदेखि नै ईलाम,झापा,मोरङ,सुनसरी,सप्तरी,दोलखा,सिन्धुपाल्चोक,नुवाकोट,रसुवा,गोरखा, लमजुङ,चितवनमा मध्यम बर्षा भएकोले केही साना नदीमा आकस्मिक बहावको संभावना रहेको जनाएको छ।

यसैबीच  गए राति परेको अविरल वर्षाका कारण पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध भएको छ । रसुवागढी सडकखण्ड अन्तर्गत टिमुरे तथा तातोपानी क्षेत्रमा माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरूद्व भएपछि कैलाश मानसरोवरबाट फर्केका तथा तिब्बतको मानसरोवर जाने तीर्थ यात्री र रसुवा भंन्सारबाट काठमाडौंतर्फ जान लागेका कन्टेनरहरु रोकिएका छन् ।

Logo