काठमाडौं । सुडान घोटला प्रकरणका मुख्य दोषी शम्भु भारती पक्राउ परेका छन् । नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्रीहरु खरिदमा भएको घोटाला प्रकरणका दोषी भारतीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
भारतीलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि आजै सर्वोच्च अदालतमा बुझाइने सीर्आइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले जानकारी दिए । सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो ।
भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको ठहर गर्दै सर्वोच्चले उक्त सजाय तोकेको थियो ।
सर्वोच्च अदालतले दोषी ठहर गरेपनि भारती फरार रहेका थिए। २०६२र६२ सालको जनआन्दोलन लगत्तै २०६४ सालमा सुडान घोटाला प्रकरण चर्चामा आएको थियो। सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्ट्राचार भएको थियो।
सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा तत्कालिन महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो।
सर्वोच्च अदालतका तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठले सुडान घोटालाका कारण समग्र राष्ट्रले असर भोग्नु परेको फैसला मार्फत् टिप्पणी गरेका थिए।































प्रतिक्रिया