बारमा ककटेल छरेर आगजनी, २५ जनाको मृत्यु

बारमा ककटेल छरेर आगजनी, २५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोको एक बारमा संदिग्ध समूहरुले ककटेल छरेर आगो लगाउँदा २५ जनाको मृत्यु भएको छ। मेक्सिकोको भेराक्रुजमा रहेको काबल्लो ब्लान्को (ह्वाइट हर्स) बार मा भएको यो घटनामा ११ जना घाइते भएका छन्।

स्थानीय ग्याङका सदस्यहरुले बार भित्र प्रवेश गर्दै बाहिर जाने ढोका बन्द गरेर आगो लगाइएदिएको बीबीसीले लेखेको छ । मेक्सिकन मिडियाहरुका अनुसार ग्याङस्टरहरुले बारमा गन पाउडरका साथै ककटेल छरेर आगो लगाएका थिए ।

मेक्सिकोका राष्ट्रपति अन्ड्रेज म्यानुल लोपेज ओब्राडरले घटनाप्रति दु:ख जनाउँदै आगलागीमा हुनु केही समय अगाडी मुक्त गरिएका व्यक्तिहरुका कारण यो घटना भएको हुनसक्ने भन्दै त्यसबारे अनुसन्धान भइरहेको बताए।

बारमा आगो लगाउनेमा ला लोका भनेर चिनेन रिकार्डो दोषी रहेको अनुमान गरिएको छ। एक महिना अघि पक्राउ परेका रिकार्डोलाई यो घटना हुनु ४८ घण्टा अघि रिहा गरिएको थियो ।

Logo