काठमाडौँ,
विध्वंसकारी स्वभावको अमेरिकन फौजीकीराले नेपाली खेतीमा आक्रमण थालेपछि त्यसविरुद्ध लड्न नेपाली वैज्ञानिक शत्रुजीव (परजीवी कीरा) को खोजीमा लागेका छन् । अमेरिकी फौजीकीराविरुद्ध परजीवी कीराको पहिचान र विकास गरी प्रभावित क्षेत्रमा छाड्ने योजना नेपाली वैज्ञानिकको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् कीट विज्ञान महाशाखाका वैज्ञानिक परजीवी कीराको अण्डा सङ्कलनका लागि काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्ला पुगेका थिए । सो समूहले सिन्धुलीबाट केही शत्रुजीव (परजीवी कीरा)का अण्डा सङ्कलन गरी प्रयोगशालामा पालेर त्यसको जीवन चक्रको अध्ययन गरिरहेका छन् ।
महाशाखाका प्रमुख डा. प्रेमनिधि शर्माले भन्नुभयो, “परजीवी कीराको अण्डा सङ्कलन गरी प्रयोगशालामा पालिरहेका छौँ । ” उहाँका अनुसार बारुला प्रजातिका परजीवी कीराले शत्रु जीवको अण्डामा नै फुल पार्छ । बालीलाई हानि पु¥याउने कीराको अण्डामै परजीवी कीराले आफ्नो अण्डाको विकास गर्छ । जसले गर्दा शत्रुकीराको अण्डा नस्ट हुन्छ र त्यसको ठाउँमा परजीवी कीरा फैलन्छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया