काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो । उनको उपचार आगामी साता पूरा हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको र अर्को साता पूरा हुने रिमालको भनाई छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ, उहाँको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ, उहाँको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ,’ रिमालले ट्वीटर मार्फत भने ।
१२ बर्ष अघि मिर्गौला प्रत्यारोपन गरेका प्रधानमन्त्री ओली नियमित परीक्षण र उपचारका लागि गत बिहीवार सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसँगै उनीसँगै गएका निजि चिकित्सक डा. शाह आज स्वदेश फर्किएकी छन् ।





























प्रतिक्रिया