काठमाडौं पुग्दा रवि लामिछानेलाई नौमती बाजासहित स्वागत

काठमाडौं पुग्दा रवि लामिछानेलाई नौमती बाजासहित स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएर अदालतबाट धरौटीमा रिहा भएका लामिछाने काठमाडौं फर्किएका हुन् । काठमाडौं पुग्दा लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

११ दिन चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका उनी पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनीसँगै पक्राउ परेका टिभी जर्नालिष्ट युवराज कँडेल पनि काठमाडौं फर्किएका छन् । विमानस्थलमा दुवैजनालाई नौमती बाजासहित स्वागत गरिएको न्यूज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम उत्पादक दीपक बोहराले जानकारी दिए ।

विमानस्थलमा आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । चितवन बसाईबाट आफुहरू हतोत्साहीत नभएको भन्दै त्यसबाट थप हौसल मिलेको बताए । अब यसलाई थप सशक्त बनाएर अगाडि बढ्ने रविको संकल्प छ ।

गत साउन २० गते चितवनको एक होटलमा मृत भेटिएका पत्रकार पुडासैनीले मर्नुअघि भिडियो बनाएका थिए । जसमा रवि, युवराज र अस्मिता भनिने रुकु कार्कीको नाम लिएका थिए । जसमा उनीहरूकै कारण आफु मर्न बाध्य भएको बताएका थिए ।

सोही भिडियोका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । चितवन जिल्ला अदालतले रविलाई पाँच लाख रुपैयाँ र युवराजलाई तीन लाख रुपैयाँ धरौटी मागेको थियो । भने अस्मितालाई साधारण तारेखमा रिहा गरेको थियो ।

Logo