सङ्गठन पुनर्संरचनामा काँग्रेसको सक्रियता

सङ्गठन पुनर्संरचनामा काँग्रेसको सक्रियता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली काँग्रेसका स्थानीयतह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ बमोजिम निर्धारित समयभित्रै संरचना गठनका लागि सक्रियता देखाएको छ ।

निर्देशिका अनुसार केन्द्रीय निर्वाचन समितिले खटाउने प्रतिनिधिले सङ्गठनको पुनर्संरचना र समायोजन गर्ने व्यवस्था छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले यसै साताभित्र सबै जिल्लामा निर्वाचन प्रतिनिधि तोकेर निर्देशिका बमोजिम पुनर्संरचनाको कार्य अगाडि बढाइने बताउनुभयो ।

अन्तरिम व्यवस्था अनुसारको संरचना गठन गर्न तयार गरिएको निर्देशिकाले भदौ २० गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पुनर्संरचना र समायोजनको कार्य सक्नुपर्ने समयसीमा निर्धारण गरेको छ । त्यसैगरी निर्देशिकाले वडा, गाउँ, नगरपालिकाको हकमा कात्तिक महिनाभित्र संरचना गठन गर्नुपर्ने तय गरेको छ । नेपाली काँग्रेसको साउन २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्देशिका पारित गरेको थियो । निर्वाचन समितिका संयोजक अधिकारीले प्रत्येक जिल्लामा स्थानीय कानुन व्यवसायीलाई नै समायोजनका लागि प्रतिनिधि चयन गर्ने बताउनुभयो ।

निर्देशिका बमोजिम केन्द्रीय निर्वाचन समितिका प्रतिनिधिको उपस्थितिमा जिल्ला सभापतिले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्रका पदाधिकारी, सदस्यहरूको बैठक बोलाएर समायोजन र पुनर्संरचना गर्नेछन् । बैठकमा नेपाल लोकतान्त्रिक फोरमको स्थानीय सङ्गठन भएको स्थानमा सङ्गठनको सभापति र आवश्यकता अनुसार पदाधिकारीलाई छलफलमा अनिवार्य सहभागी गराउनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo