ओली-नेपाल चर्काचर्की

ओली-नेपाल चर्काचर्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले राखेको सातबुँदे नोट अफ डिसेन्ट (असहमतिपत्र) को वैधानिकतामाथि अध्यक्ष केपी ओलीले प्रश्न उठाएपछि बुधबारको बैठकमा दुई नेताबीच सवाल–जवाफ भएको छ ।

ओलीको प्रस्तावमा नेपालको वरीयताक्रम हेरफेर भएपछि नेपालले ‘एक व्यक्ति, एक जिम्मेवारी’ लागू गर्न ओलीले अध्यक्ष र प्रधामन्त्रीमध्ये एक पद छोड्नु पर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए । तर, पछिल्लो सचिवालय बैठकले निर्णय नै नगरेको विषयमा नेपालले असहमति दर्ज गराएको भन्दै अध्यक्ष ओलीले उनीमाथि प्रश्न उठाएका थिए । ओली नेपाल संवादको केहि अंश यस्तो छ :

ओली : तपाईले मेरो स्वास्थ्यबारेमा के सोच्नुहुन्छ ? तपाईंको चाहना मैले बुझेकै छु । कहाँकहाँ के भन्दै हिँड्नुभएको छ, बुझेकै छु । लौ भैगो, तपाईको शुभकामना चाहिएन मलाई ।

नेपाल : तपाईको स्वास्थ्यका बारेमा मैले कहाँ नकारात्मक टिप्पणी गरें ? एउटा मात्र प्रमाण जुटाइदिनुहोस् । म त्यत्तिसम्म हृदयविहीन र निष्कृष्ट मान्छे होइन । छानबिन गरौं ।

ओली : तपाई कहाँको विधिको कुरा गर्नुहुन्छ ? पार्टीमा तपाईको कुरा (असहमतिपत्र) बुझाउँदै–नबुझाई मिडियामा किन पहिले बुझाएको ? के यही हो तपाईको विधि र प्रक्रिया ? मिडियामा पहिले फरक मत बाँड्ने अनि पार्टीमा बुझाउन ल्याउने । त्यसमा कुनै छलफल हुँदैन । कोही अहिले सचिवालयमा थपिँदैनन् ।

अरूले के लेखे के गरे भन्ने ? तपाईंले चाहिँ बुधबार (साप्ताहिक) मा के लेखाउनु भएको छ ? मैले हेरेको छैन भन्ठान्नु भएको छ ?

वामदेव गौतम/नारायणकाजी श्रेष्ठ : अब यसरी नसोचौं, प्रधानमन्त्रीको स्वास्थ्यलाभ बैठकले गरौं, अरू विषयपछि छलफल गरौंला । (बैठकमा ओली नेपाल चर्काचर्कीमा हस्तक्षेप गर्न खोज्दै)

दाहाल : ल आज धेरै छलफल नगरौं । पछि गरौंला छलफल । आज विषय टुग्याऔं । प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको माइनुट लेख्नुहोस् । आजलाई अब धेरै भयो, उठौं ।

ओली र नेपालबीच केहीबेर गर्मागर्मी बहस भएपछि विषयमै प्रवेश नगरी बैठक स्थगित भएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo