‘राजतन्त्र फर्केर आउने भनेको पृथ्वी पल्टने जस्तै हो’- रामचन्द्र पौडेल

‘राजतन्त्र फर्केर आउने भनेको पृथ्वी पल्टने जस्तै हो’- रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजतन्त्र आउने सम्भावना नभएको बताएका छन्।  नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेता पौडेलले भने, ‘राजतन्त्र फर्केर आउने भनेको पृथ्वी पल्टने जस्तै हो।’

नेपाली कांग्रेसले आफ्नो भूमिका सम्झन जरुरी भएको बताउंदै नेता पौडेलले भने, ‘हिजो जनताले कम्युनिष्टलाई मत दिए। आज उनीहरुले परिवर्तन खोजेका छन्। तर नेपाली कांग्रेस पार्टीलाई पनि हामीले भरोसा गर्न लायक बनाउन सकनौं ।’

कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउने बेला आइसकेको उल्लेख गर्दै नेता पौडेलले थपे, ‘अहिले जनताले पत्याएको कांग्रेसलाई होइन कम्युनिष्टलाई नै हो। तर अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको छ। यो बेलामा हामी सुध्रिएर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी छ। हाम्रा क्रियाकलाप सुधार गर्न जरुरी छ। हिजो के कारणले जनताले विश्वास गर्न सकेनन्। त्यो कारण सच्याएर जनताको विश्वास योग्य पार्टी बनाउन आवश्यक छ।’

नेता पौडेलले महाधिवेशन प्रतिनीधि महासमिति सदस्यहरु सबै अनुभवी भएकाले प्रशिक्षण भन्दा पनि उत्साह चाहिएको बताए।  यस्तो बेला कांग्रेसजन देउवा र पौडेल भनेर लाग्न नहुने पौडेलको आग्रह गर्दै भने, ‘नेपाली कांग्रेस भनेर हिड्नुस। पौडेल, देउवाको भनेर होइन ।’

Skip This
Skip This
Logo