शालिकराम मृत्यु प्रकरणबारे भरतपुर महानगरको विज्ञप्ति- ‘भ्रमित नपारौं’

शालिकराम मृत्यु प्रकरणबारे भरतपुर महानगरको विज्ञप्ति- ‘भ्रमित नपारौं’

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा कोही कसैले पनि भ्रम सिर्जना नगर्न आग्रह गरेको छ।  महानगरले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धान भइरहेको विषयलाई प्रभावित पार्नेगरी भइरहेको नाराजुलुस तथा प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

सत्यतथ्य छानबिन गरी दोषी नछुटुन र निर्दोष नपरून भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग महानगरले आग्रह  गरेको छ। महानगरले सरोकार नभएका व्यक्तिलाई गालीगलोज गरेको प्रति दुःख व्यक्त गर्दै सडक र सामाजिक सञ्जालको दुरुपयोग नगर्न समेत सबैसँग आग्रह गरेको छ।

‘घट्नासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवं सस्थाहरूलाई जोडेर अनावश्यक टीकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न महानगरपालिका सम्बन्धित सबैसँग अनुरोध गर्दछ’ महानगर प्रमुख रेनु दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धानका लागि पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई पक्राउ गरेपछि देशका विभिन्नजिल्लाहरुमा आन्दोलन भइरहेको छ ।

Logo