संसद् विघटनमा प्रवासी नेपाली मञ्चको समर्थन

संसद् विघटनमा प्रवासी नेपाली मञ्चको समर्थन

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया ।

विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरुले नेपालको प्रतिनिधिसभा विघटनप्रति समर्थन जनाएका छन् ।

विभिन्न मुलुकको अभ्यास बमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ ।

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित प्रवासी नेपाली मञ्च अमेरिकालगायत विभिन्न राष्ट्रका ३३ मञ्चको समर्थन छ ।

मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकाले ताजा जनादेश लिनका लागि हुने आमनिर्वाचनमा सहभागी हुन नेपाली जनसमुदायमा आग्रह गरिएको बताए।

 

Skip This
Skip This
Logo