एनआइसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने समयावधि आज सकिंदै छ।
एनआइसी एशियाले गत साउन ८ गतेदेखि फण्डको बिक्री खुला गरेको थियो । यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुला गरेको छ ।
एनआईसी एशिया बैंक कोष प्रवर्द्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २ करोड ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।





























प्रतिक्रिया