काठमाडौं ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी छ ।
आजको बैठकमा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए अनुसार अहिले बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका छन् । ओली निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका बताइएको छ । नेकपाको केन्द्रीय कमिटीमा ४४६ जना सदस्य छन् ।
प्रधानमन्त्रीले आफू बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने पनि बताएका छन् । यस अघि अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटना लगायत विषयमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँग परामर्श गरेका थिए । लगत्तै उनले आज पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
उता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आजै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।





























प्रतिक्रिया