प्रदेश नं. ५ : नेपाली कांग्रेस जनताको प्रिय पार्टी बन्छ – दाहाल

प्रदेश नं. ५ : नेपाली कांग्रेस जनताको प्रिय पार्टी बन्छ – दाहाल

केन्द्रबिन्दु
0
Shares

भैरहवा,
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई भैरहवामा प्रशिक्षण दिइएको छ । प्रदेश ५ का १२ वटै जिल्लाका ४ सय जना महाधिवेशन प्रतिनिधिलाई भैरहवास्थित पार्टी कार्यालयमा सोमबार र मंगलबार प्रशिक्षण दिइएको हो ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी महाधिवेशन, उपनिर्वाचन र आगामी निर्वाचनलाई केन्द्रित गरेर महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । सहभागीहरुलाई कांग्रेसको इतिहास, वर्तमान बाम सरकारको कमजोरी, असल नागरिक बन्ने अभियान, कांग्रेससँग नागरिक र नागरिकसँग कांग्रेसका विषयमा प्रशिक्षण दिइएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले बताए ।

कांग्रेसले अहिले सम्म आफ्नो नेतृत्वमा गरेका तथा भएका सामाजिक, सांस्कृतिक र राजनीतिक आन्दोलनको विश्लेषण गर्दै प्रशिक्षण दिइएको छ , जसले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई तेजिलो बनाएको उनले बताए । आगामी दिनमा नेपाली कांग्रेस र कांग्रेसको सिद्धान्त अझै चम्किने उल्लेख गर्दै प्रशिक्षणले नेपाली कांग्रेस भनेको एकदमै सफा खरानी भित्र राम्ररी बोलिरहेको कोइला जस्तै पार्टी हो, यो प्रशिक्षणले खरानी पन्छाउँछ र ज्वाला प्रस्फुटन गराउने काम गर्ने उनले उल्लेख गरे ।

प्रशिक्षणले प्रदेश ५ मा नेपाली कांग्रेस जनताको अत्यन्तै प्रिय पार्टी बन्नेछ भने आगामी सम्पुर्ण निर्वाचनमा सबैभन्दा ठुलो दल बन्ने पक्का छ, दाहालले भने । उनले सातवटै प्रदेशमा आयोजना गरिएको प्रशिक्षणले नेपाली कांग्रेसलाई फेरि उर्जाशिल बनाउनुका साथै पार्टीको अभियान गाँउगाँउ सम्म पुग्नेछ भने टोलटोलमा लहर ल्याउने बताए ।
नागरिकबाट

Logo