काठमाडौं,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन् ।
स्रोतका अनुसार उनले आइतबार राति सकिएको सचिवालय बैठकले गरेका केही निर्णयमा नोट अफ डिसेन्ट लेख्न खोजेका थिए । तर विविध कारणले पाएनन् । बैठकमा सहभागी भएका एक सचिवालय सदस्यका अनुसार नेता नेपालको लिखित असहमति आएमा महासचिव विष्णु पौडेलले माइन्युटमा चढाउने छन् । स्रोतका अनुसार उनले नीतिगत विषय नमिलेको भन्दै असहमती लेख्न लागेका हुन् ।
नेता नेपालले वरिष्ठ नेता झलनाथ खनालको वरीयता स्वीकार्न आफू तयारी रहे पनि पार्टी भित्र नीतिगत विषय नमिलेकोमा असहमति जनाएका छन् । नवौँ महाधिवेशनदेखि नै खनाल वरिष्ठ नेता रहेकोले नेता नेपालले वरिष्ठ नेता खनालको वरीयता कठिन परिस्थितीमा स्वीकार गरेका छन् ।
तत्कालनिन नेकपा एमालेका उपाध्यक्षहरु भिम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यको रूपमा नराखेकोमा नेता नेपालको असहमति छ । तत्कालिन उपाध्यक्षको हैसियत अनुसार ईश्वर पोखेरल भन्दा उनीहरु पार्टी वरीयतामा माथि रहँदा पनि सचिवालय सदस्यमा नराखेको प्रति नेपालले बैठकमै अपत्ति जनाएको स्रोतले बताएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पहिले आफुलाई खनालविरुद्ध प्रयोग गर्न खोजेको र अहिले खनाललाई आफुविरुद्ध प्रयोग गर्न खोजेको नेता नेपालको भनाइलाई उदृत गर्दै स्रोतले बताएको छ । सोमवार बिहानै जनकपुरतर्फ गएका नेता नेपालको नोट अफ डिसेन्ट तयार भइसकेको र सो लिखित कपी महासचिवलाई पठाइने स्रोतले बताएको छ ।
नागरिकबाट





























प्रतिक्रिया