पूर्वराजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ

पूर्वराजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराज तामाङ पुनः पक्राउ परेका छन् । उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

तामाङविरुद्ध झा पत्नी ज्ञानुले प्रहरीमा किटानी जाहेरी दिएसँगै उनी पक्राउ परेका हुन् । गत वर्ष भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङ पक्राउ परेका हुन् । तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि छुटेका थिए । यद्यपि, सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा उनले झुठो बोलेको देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी गाउँ पनौतीस्थित खोपासीमा बसिरहेका थिए । तर, उनीमाथि प्रहरीले निरन्तर निगरानी र अनुसन्धान गरिरहेको थियो ।

Logo