१४ औ नाडा अटो शो आगामी भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने भएको छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज पत्रकार सम्मेलनमार्फत अटो शो को बारेमा जानकारी दिएका हुन्। यसपटकको शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । यो प्रदर्शनीमा सवारीसाधनबाहेक तिनका पार्टपुर्जा, विभिन्न सेवाहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।
१४औँ संस्करणको शोमा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी हुँदै छन् । प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहनेछ ।
नाडा अध्यक्ष शम्भुप्रसाद दाहालले प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बीमा, सेवा लगायतको छुट्टाछुट्टै स्टलहरु रहने जानकारी दिए । उनले यो वर्ष ९५ ब्रान्ड सहभागी हुने बताए ।
अवलोकनकर्ताहरुका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई छुटमा १ सय ५० रुपैयाँमै टिकट उपलब्ध गराइने छ । मेलाको ७५ हजार मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रदर्शनीमा पुगेका अवलोकनकर्ताहरु मध्येबाट भाग्यशाली विजेतालाई २ सय सीसी क्षमताको जीपीएक्स जेन्टलमेन मोटरसाइकल उपहार प्रदान गरिने जनाएको छ ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Scan-18-Aug-2019.pdf& title=”Scan 18 Aug 2019″]































प्रतिक्रिया