चितवन । पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रबि लामिछानेमाथि पाँच दिन हिरासतमा राखेर अनुसन्धान थालिएको छ । आत्महत्या गर्नुअघि पुडाशैनीले एउटा भिडियोमा रबिका कारण आत्महत्या गरेको बताएका थिए ।
उनको नाम लिएपछि प्रहरीले अनुसन्धानको लागि बिहीबार राति न्युज २४ को कार्यालयबाटै रबिसहित युवराज कँडेललाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

अदालतको आदेशसँगै आन्दोलनकारीले रबिको रिहाईको माग गरेका हुन् । जिल्ला प्रहरी र अदालतमा हजारौंको संख्यामा आन्दोलनकारी उपस्थित थिए । उनीहरूले हाम्रो रबि प्राण भन्दा प्यारो छ, रबिलाई रिहा गर, रबिलाई फसाउन पाइदैन् जस्ता नारा लगाएका थिए ।
आन्दोलनकै क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो । रबिको रिहाईको माग गर्दा चितवन प्रहरीले आन्दोलनकारीमाथि लाठी चार्ज गरेको हो । रबि हरेक नेपालीको लागि हिरो भएको भन्दै उनीहरूले रबिलाई फसाउन खोजेको आरोप लगाए ।
अदालतले म्याद थप गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । उनीहरूले रबि निर्दोष भएको भन्दै तत्काल रिहा गर्न माग गरे । रबिलाई रिहा नगरे प्रत्येक घर घरबाट आगो दन्किने उनीहरूको चेतावनी छ ।
आईबी गुरूङ नाम गरेका प्रहरी जवानले लाठी चार्ज गर्दा एक युवतीको टाउँको चोट लागेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार रबिको रिहाईको माग गर्दै गरिएको शान्तिपुर्ण आन्दोलनमा प्रहरी जवान गुरूङले लाठी चार्ज गरेका हुन् ।

त्यस्तै प्रहरीको लाठी चार्जबाट अर्का आन्दोलनकारीको खुट्टामा चोट लागेको छ । त्यस्तै भिडलाई हटाउने क्रममा प्रहरीले महिलाहरूको सम्वेदनशिल अंगमा छोएर धकेलेको आरोप समेत आन्दोलनकारीहरूले लगाएका छन् । त्यही क्रममा प्रहरीले आन्दोलनकारीबीच केही बेर भनाभन समेत भएको थियो ।
चितवनका एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएको बताए । उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए ।





























प्रतिक्रिया