लामो समयपछि नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्वकर्ता चयन गरेका छन् ।
बैठकले (नेकपा) को उपाध्यक्षमा बामदेव गौतमलाई चयन गरेका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।
पार्टीको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन्। विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् ।
त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री समेत रहेका नेता योगेश भट्टराईलाई पर्यटन विभागकै नेतृत्व दिएको छ । यसैगरी अर्थ तथा योजना बिभाग प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।
बैठकले सातवटै प्रदेशमा दुई दुई जना सहइञ्चार्ज थप गरेको छ । जसअनुसार प्रदेश १ मा शेरधन राई र नरेश खरेल, प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पावान, प्रदेश ३ मा काशीनाथ अधिकारी र हितमान शाक्य सहइञ्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ र यसोदा सुवेदी गुरुङ, प्रदेश ५ मा बैजनाथ चौधरी, कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश तथा सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी, लेखराज भट्टलाई सहइञ्चार्ज बनाइएको छ ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/work-division-2076.04.31.pdf& title=”work division – 2076.04.31″]





























प्रतिक्रिया