मेगा बैंकको कमाई बोर्डको टार्गेट भन्दा बढी

मेगा बैंकको कमाई बोर्डको टार्गेट भन्दा बढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
मेगा बैंकले गत आर्थिकवर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिकबर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड १२ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा ३०.५१ प्रतिशतले बढेको हो ।

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले १३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरे पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

बैंकको संचालक समितिले गत आर्थिक बर्ष १ अर्ब ५८ करोड मुनाफाको लक्ष्य दिएकोमा बैंकले १ अर्ब ७१ करोड ९२ लाख खुद मुनाफा आर्जन गरेको हो । बैंकको खुद ब्याज आम्दानी ५९.९१ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड ५६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३७ करोड ३५ लाख थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

Logo