बुधबार ७ सय रुपैयाँले घटेको सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ।
सुन बिहिबार एकैदिन १२ सयले बढेर तोलाको ७१ हजार ५ सय पुगेको हो ।
बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको छापावाला सुन साउन २८ गते ७१ हजार प्रतितोलामा कारोबार भएको थियो । अब आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय र प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ निर्धारण गरेको छ । आज १० ग्राम चाँदीको भाउ ७२० रुपैयाँ तोकिएको छ ।





























प्रतिक्रिया