राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विधिमा नबाँधिइ पार्टीलाई सुदृढ बनाउन नसकिने बताएका छन् ।
राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ को शनिबार भएको क्षेत्रीय भेलामा वरिष्ठ उपाध्यक्ष मिश्रले पार्टीका एजेन्डा जनतालाई बुझाउन सक्नुपर्ने बताएका हुन् । ‘चुनाव जित्नको लागि र देशभर यो संगठन फैलाउनको लागि युवा शक्तिको आवश्यकता छ,’ उनले भने, ‘हामी सशक्त रुपमा आन्दोलन गर्न र हाम्रो एजेण्डा कुनै पनि हालतमा स्थापित गर्ने दृढताका साथ अगाडि बढेका छौं । हामी यो देशको व्यवस्था उल्टाउन आन्दोलनमा जाँदैछौ । हामी यो व्यवस्था उल्टाउन योग्य छौं भनेर जनतालाई विश्वास दिलाउन आवश्यक छ । यस्तो विषयलाई पार्टीले गम्भीरतापूर्वक हेर्न जरुरी छ ।’
राप्रपालाई विधिमा नबाँधे मुलुकको नम्बर एक पार्टी बन्न नसक्ने उनले बताए । ‘विधिमा बसेपछि मात्रै यसले हरेक समस्यालाई वैधानिक हिसाबमा समाधान गर्न सक्छ,’ उनले भने, ‘हामीले चाहेको एजेण्डा स्थापित गरेर पहिलो पार्टी बन्न सकेनौं भने, आन्दोलनमा ढाल्न सकेनौं भने सबै डुब्ने हो ।’





























प्रतिक्रिया