प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखनवृत्तिका लागि आवेदन माग गरेको छ। काउन्सिलले यसवर्ष ३० वटा ल्यापटप र ६ वटा क्यामेरा खरिदमा ४० प्रतिशतसम्म अनुदान दिने भएको छ भने अन्य १० जनालाई लेखनवृत्ति र ७ जनालाई सोधपत्रमा अनुदान दिने जनाएको छ। त्यस्तै, एउटा सञ्चार केन्द्र स्थापनाका लागि अनुदान कार्यक्रम रहेको जनाएको छ।
काउन्सिलले ती सबै कार्यक्रमका लागि आइतबारदेखि आवेदन खुलाएको हो। काउन्सिलले आइतबार सूचना जारी गर्दै ३५ दिनभित्र आवेदन दिन सूचित गरेको छ।





























प्रतिक्रिया