एथ्लेटिक्स संघद्वारा तीन उपाध्यक्ष मनोनित

एथ्लेटिक्स संघद्वारा तीन उपाध्यक्ष मनोनित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल एथ्लेटिक्स संघले तीन उपाध्यक्षमा मनोनित गरेको छ । चितवनको सौराहामा बसेको संघको कार्यसमिति बैठकले रिक्त रहेको तीन उपाध्यक्ष मनोनित गरेको हो ।

बैठकले सुर्खेतका जनक रावल र प्रदेश नम्बर एकबाट जितेन्द्र चौधरी र कुमार श्रेष्ठलाई संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी दिएको छ । संघको विधानले एक वरिष्ठसहित तीन उपाध्यक्ष रहने व्यवस्था गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र थापा यस अघिनै मनोनित भईसकेका छन् ।

आइतबारनै बसेको बैठकले रिक्त रहेको दुई सदस्यमा दाङकी गिता बस्नेत र प्रभाकर पाण्डेलाई मनोनित गरिएको छ । दुई वर्ष अघि चितवनको सौराहामै बसेको साधारण सभाले राजीव बिक्रम शाहलाई अध्यक्षमा निर्वाचित गरेको थियो । निर्वाचनको झण्डै दुई वर्षपछि संघले तीन उपाध्यक्ष र सदस्यको रिक्त पदमा मनोनित गरेको हो ।

संघको विधान अनुसार १७ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १० सदस्य निर्वाचनबाट र बाँकी ५ जना निर्वाचित कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ । ‘१३ औं सागको चटारो र कोरोनाले कार्य समिति बैठक बस्न सकिएन ।’ संघका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाले भने, ‘बैठकले सागको समीक्षा गर्नुका साथै खेलकुदका नयाँ कार्यक्रम अघि बढाएर जाने निर्णय गरेको छ ।’

वरिष्ठ उपाध्यक्ष थापाका अनुसार कोरोनाले यस वर्षको वार्षिक कार्यक्रम तालिका प्रभावित बनेको उल्लेख गर्दै पुरानै तालिका अनुसार यस वर्ष सिनियर तथा जुनियरका कार्यक्रम गर्ने विषयमा छलफल भएको बताए । बैठकले देशभर सञ्चालित म्याराथनलाई समन्वय गरेर स्विकृति दिएर जाने विषयमा निर्णय गरेको छ ।

Logo