आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपाललाई लगातार दुई सफलता मिलेको छ ।
बफेलो पार्क इस्ट लन्डनमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि तिलक भण्डारीले १३औं ओभरको पाँचौ बलमा ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरेका हुन् । त्यसअघि ११औं ओभरको पहिलो बलमा स्पिनर सुवास भण्डारीले अर्का ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका थिए । हाल न्युजिल्यान्डले हाल २ विकेट गुमाउँदै ६६ रन बनाएको छ ।





























प्रतिक्रिया